काठमाडौं । कुमारी बैंकले एक वर्षमा २ अर्ब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार बैंकले गत असार मसान्तसम्म २ अर्ब ११ लाख रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७४ प्रतिशत बढी हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा एक अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, खुद ब्याज आम्दानी ४६.५६ प्रतिशत, सञ्चालन नाफा ६९.१६ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १०.८५ प्रतिशत बोनस सेयर वितरण चुक्ता पुँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ५.१७ रुपैयाँ बढेर १४.४२ रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६.८९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको जगेडा कोष ७.८३ प्रतिशत बढेको छ भने निक्षेप २७.५८ प्रतिशत र कर्जा २४.६४ प्रतिशत बढेको छ ।
कुमारी बैंकको नाफा दुई अर्बभन्दा बढी
आर्थीकसंसार संवाददाता२८ साउन, २०७८
२८ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन