News Portal

  • सिनर्जी पावरले लाभांश घोषणा गर्यो

    आर्थीकसंसार संवाददाता
    ९९२ पटक

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आर्थिक वर्ष २०७७/७८ को लाभाश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले २०७८ असार मसान्तसम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीको आइतबार सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
    त्यस्तै, सोही बैठकले हकप्रद शेयर समेत प्रस्ताव गरेको छ । कम्पनीले बोनश वितरण गरेपछि कायम हुने पुँजीको २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

    प्रतिकृया दिनुहोस्