News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सार्वजनिक

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
    ४२२ पटक
    २५ साउन, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।
    उक्त प्रस्ताव साउन २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ५.५००४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
    सो प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । यससँगै इन्स्योरेन्सका सेयरधनीले उक्त आवको नाफाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजीको एक अर्ब ९७ करोड रुपैयाँ रहेको छ । बोनस सेयरपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ ।
    उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा बढी हो । इन्स्योरेन्सले अघिल्लो आव अर्थात २०७४/७५ मा सेयरधनीलाई ५.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्