आर्थीकसंसार संवाददाता२४ साउन, २०७८
२४ साउन, २०७८काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले बीमित प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । उक्त शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीले लामालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका शाखा प्रबन्धक अबिशेष चापागाईले उक्त चेक हस्तान्तरण गरेका हुन् ।
२०७६ साल असोज १७ गते निज प्रनेश लामाले कम्पनीमा ५ लाख बीमांकको १५ वर्षे जीवन बीमा गराएका थिए । निजको २०७७ साल माघ २९ गते क्यान्सर रोग प्रमाणित भएपश्चात निजले उपचार खर्च उपलब्धका लागि यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।