News Portal

  • कामना सेवा विकास बैंक र सिडिएससिबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७८
    ७१७ पटक
    २४ साउन, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।
    पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा एक कार्यक्रमका बीच सिडिएससीको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
    हाल सिडिएससि बाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्यसम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
    बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखालगायत ७० वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
    यस बैंकले सोसल मिडिया बैंकिङ्ग, केएसआइ मोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्