News Portal

  • राष्ट्र बैंकको रेमिट्यान्स कार्यालय खुला राख्न निर्देशन

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७७
    ५९९ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरु खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञालगायतका आदेशको परिपालना हुने गरी सेवा दिन शुक्रबार निर्देशन दिएको हो ।
    सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्यूनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउने राष्ट्र बैंकले भनेको छ । रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्ने एवम् सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
    राष्ट्र बैंकले जारी गरेको निर्देशनमा विदेशमा काम गर्न गएका नेपालीले रकम पठाएका आफन्तले नेपालमा लिन नपाउँदा परिवारको घर खर्चसमेत चलाउन अप्ठ्यारो परेकाले न्युनतम कर्मचारी र स्वास्थ्य सुरक्षा अपनाएर विदेशबाट पठाएको रकम परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन भनेको छ ।

    प्रतिकृया दिनुहोस्