News Portal

  • सहारा विकास बैंकको संयुक्त साधारणसभा आह्वान

    आर्थीकसंसार संवाददाता
    ४१३ पटक

    २३ साउन, २०७८
    काठमाडौं । सहारा विकास बैंक लिमिटेडले एकैपटक आठंै, नवौं र दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा भदौं १२ गते शनिबार हुने भएको हो । सभा होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०ः३० बजे सुरु गर्ने बैंकले जनाएको छ ।
    सभाले गरिमा विकास बैंकसँग गरिमा विकास बैंकमा गाभिने प्रस्ताव पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि डिडिए रिपोर्ट र स्वाप रेसियो पारित गर्ने, गाभ्ने गाभिने प्रयोजनको लागि यस अघि भए गरेका सबै काम कारवाही तथा सम्झौताहरु अनुमोदन गर्ने, एकीकृत कारोबार सुरु भएपछि सञ्चालकको बाँकी कार्यकाल स्वत समाप्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
    त्यस्तै, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधनको लागि नियामक निकायबाट निर्देशन भएमा सोको अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतका विशेष प्रस्ताव साधारणसभामा पेश हुने छन् ।
    साथै, सभाले तिन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।
    सभाले सञ्चालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्