News Portal

  • मेगा बैंकको बाराको जीतपुरमा नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७८
    ३१२ पटक
    २२ साउन, २०७८

    काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले साउन २१ गते उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो ।
    प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५औं शाखा हो । मेगा बैंकले केही दिनअघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्