काठमाडौं । प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै शशरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेसिन (सीआरएम) सेवा सुविधा ल्याएको छ । जुन सेवा सुविधाले अब पैसा जम्मा गर्न बैंक धाउनुपर्ने दिनको अन्त्य भएको छ ।
प्रभु बैंक लिमिटेडले सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै आप्mना ग्राहकहरुलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको व्यहोरा सम्पूर्ण ग्राहक महानुभावहरुमा विदितै रहेको छ । प्रभु बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरीर भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन Cash Recycle Machine (CRM) बाट आफूले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा आज मिति २०७८/०४/२२ गते शुक्रबारको दिनदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । मेशिन (Cash Recycle Machine) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालको लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ । यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैंकको योजना रहेको छ ।
मेशिन (Cash Recycle Machine) बाट बैंक खाताा रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैंक खाता नं. टाइप गर्ना साथै उक्त मेशिनमा रकम जम्मा/राख्ने बक्स खुल्छ । उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै (रियल टाइम) उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट/भौचर प्रिन्ट हुन्छ । साथै, उक्त मेशिनबाट डेबिट/क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधासमेत रहेको छ । प्रभु बैंक लि. बाट सञ्चालनमा ल्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैंकमा खाता हुने ग्राहकहरुको लागि मात्र उपलब्ध हुनेछ । नेप्स (Nepal Electronic Payment System) सँग आवश्यक सहकार्य गरी प्रभु बैंक बाहेक अन्य बैंकमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यबस्था मिलाईनेछ ।
प्रभु बैंकले औपचारिक रुपमा आजदेखि सञ्चालनमा ल्याएको मेशिनबाट बैंक खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ । यसबाट ग्राहक महानुभावहरुको समयको बचत हुनेछ, बैंकको नगद काउण्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।
प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सुविधा
आर्थीकसंसार संवाददाता२२ साउन, २०७८
२२ साउन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन