News Portal

  • नेपाल टेलिकमको कर्पोरेट ग्रुप–सीयूजी सेवाले ग्राहकहरुको संख्यामा बृद्धि

    आर्थीकसंसार संवाददाता२२ साउन, २०७८
    ११०९ पटक
    २२ साउन, २०७८

    काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप–सीयूजी (Corporate User Group-CUG) सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ ।
    कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेका छन् ।
    कम्पनीले उपलब्ध गराईरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
    त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।
    यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेजसमेत प्रयोग गर्न सक्दछन् । रु. १००० को प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी रु. १५०० को प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।
    कुनै संस्था÷कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।
    सीयूजी सेवाका बारेमा थप जानकारी लिनका लागि ०१–४२१०२४१ र ०१–४२१०२९१ मा सम्पर्क गर्न सकिन्छ । यसैगरी कम्पनीको वेबसाइटमा रहेको लिंक https://ntc.net.np/services/cug-service बाट पनि यससम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्