News Portal

  • कुमारी बैंकद्वारा ३ लाख रुपैयाँ आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ३४५ पटक
    २० साउन, २०७८

    काठमाडौं । कुमारी बैंकले उदयपुरको बेलका नगरपालिकामा निर्माणाधीन अवस्थाको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको बेलका शाखाले बेलका नगरप्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।
    सामाजिक उत्तरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरिएको बैंकका बेलका शाखा प्रमुख अमित झाले बताए । बैंकको आर्थिक सहयोगले अक्सिजन प्लान्ट निर्माणमा थप सहयोग पुग्ने नगर प्रमुख थापाले जानकारी दिए ।
    हालसम्म बैंकले १९४ शाखा, १६५ एटीएम, १३ एक्टेन्सन काउन्टर, २८ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्