News Portal

  • सानिमा लाइफमा दुई दिनमै १५ लाख बढीको आवेदन

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७८
    ८३१ पटक
    २१ साउन, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा हालसम्ममा ४.४३ गुणा बढी आवेदन परेको छ । साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुलाल भएको उक्त सेयरमा दोस्रो दिनसम्ममा ४.४३ गुणाले ओभर सब्सक्राइब भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो ।
    क्यापिटलका अनुसार साउन २१ गते अपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनाले २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् ।
    इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
    इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।

    प्रतिकृया दिनुहोस्