काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ ।
हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आइपीओ जारी गरि सूचीकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
हाल परिवर्तित गण्डक, वहुवरी १४ विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रसिडेन्सियल सुइट गरी ६० वटा सुविधा सम्पन्न कोठाहरूका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित सेवा प्रदान गर्दै आइरहेको छ ।