News Portal

  • नेपाल माइक्रोले आइपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
    ५४ पटक
    २२ साउन, २०८१

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सल कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशनका लागि बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटललाई चयन गरेको छ । उक्त विषयमा इन्स्योरेन्स र क्यापिटलबीच सोमबार सम्झौता भएको छ ।

    सम्झौतामा निष्काशन कम्पनी तथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र नाथ रिमाल र क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

    नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त नेपाल माइक्रोले चुँक्ता पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्न लागेको छ ।

    प्रतिकृया दिनुहोस्