News Portal

  • एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७८
    ५३७ पटक
    २१ साउन, २०७८

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.०५२६३ प्रतिशत लाभांश पाउने छन् ।
    सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७७ असार मसान्तको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान र नगद प्रवाह विवरणहरु छलफलहरु पारित गरेको छ ।
    कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा कूल बीमा शुल्क आम्दानी एक अर्ब ८० करोड ७ लाख रुपैयाँ र खुद बीमा शुल्क आम्दानी ६४ करोड ६४ लाख रुपैयाँ गरेको छ । त्यस्तै, इन्स्योरेन्सले २६ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
    कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भई असार मसान्तमा २ अर्ब ३१ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको कुल कारोबार ८.०८ प्रतिशतले बढेर एक अर्ब ८० करोड रुपैयाँ पुगेको छ । र, इन्स्योरेन्सका सबै पोर्टफोलियोहरु निरन्तर वृद्धिमा रहेका कम्पनीले जनाएको छ ।
    आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आएको कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ ।
    साथै, आर्थिक वर्ष २०७६/७७ मा नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डटकम प्रतिष्ठालाई साहित्यिक पुस्तक प्रकाशन, श्रष्टा सम्मान पुरस्कार गराउने कम्पनीले जनाएको छ । सभा साउन २१ गते कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंको पानीपोखरीमा वेविनारमार्फत सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्