News Portal

  • सानिमा इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ४०३ पटक
    २० साउन, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । साउन २० गतेदेखि नै निष्काशन गरेको उक्त सेयरमा पहिलो दिनमै २.२२ गुणाले ओभर सब्सक्राइब भएको हो ।
    सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जनाले १ अर्ब २० करोड १८ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । यो आइपिओमा निष्काशनको पहिलो दिन ५ बजेसम्मको तथ्यांकमा सेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढी रहेको छ ।
    इन्स्योरेन्सले २० गतेबाट कूल ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
    इन्स्योरेन्सको आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।

    प्रतिकृया दिनुहोस्