News Portal

  • ज्योति लाईफले ३ दिन बीमा अभिकर्ता तालिम दिँदै

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ४७९ पटक
    २० साउन, २०७८

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।
    कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एसएलसी वा एसईई अथवा सो भन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको जनाएको छ ।
    तालिमको बारेमा सम्पूर्ण जानकारी कम्पनीको वेबसाइटमा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न इन्स्योरेन्सले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्