News Portal

  • रिलायबल लाइफले प्रिमियम आईपीओ जारी गर्न मूल्य तोक्यो

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ३७२ पटक
    २० साउन, २०७८

    काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै उक्त प्रक्रिया अघि बढाएको हो ।
    इन्स्योरेन्सले कूल ६० लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप ११२ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्न बोर्डसँगै स्वीकृति मागेको हो ।
    यससँगै बोर्डले स्वीकृति दिएमा कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँमा (प्रमियम मूल्य सहित) १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । र, नेपाली बीमा बजारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने नै कम्पनी पहिलो हुने छ ।
    उक्त आईपीओ जारी गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्