News Portal

  • ग्लोबल बैंकको थप सात शाखा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२० साउन, २०७८
    ३०९ पटक
    २० साउन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ वटा रहेको छ ।
    बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।
    नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।
    बैंकले हाल देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्