News Portal

  • आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन सम्झौता

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७८
    ६८६ पटक
    १९ साउन, २०७८

    काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्नेे १,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
    उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।.

    प्रतिकृया दिनुहोस्