News Portal

  • मनकामना स्मार्ट लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७८
    ७९० पटक
    १७ साउन, २०७८

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ दोस्रो बजारमा सूचिकृत भएको छ । कम्पनीले आज आइतबार दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता गरेको हो । सम्झौतापत्रमा मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
    उक्त आइपीओ भोलिबाट दोस्रो बजारमा खरिदबिक्री हुनेछ । लघुवित्तको आईपीओ डिम्याट खातामा आइसकेको छ । कम्पनीलाई नेप्सेले ‘MSLBSL सिम्बोल प्रदान गरेको छ ।
    मनकामना स्मार्ट लघुवित्तको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्ज भित्र कारोवार हुनुपर्छ ।
    आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ता शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले थप एकरएक प्राप्त गरेका छन् । संस्थाले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । उक्त शेयरका लागि १९ लाख ५१ हजार ५२१ जनाले रितपूर्वक आवेदन दिएका थिए । रितपूर्वक आवेदन दिने मध्ये १९ लाख १५ हजारको हात खालि भएको हो ।

    प्रतिकृया दिनुहोस्