News Portal

  • एनएमबिको इन्भेष्टर सेभिङ्ग खाताः ब्याजदर उच्च, लगानीकर्तालाई ५ वर्षसम्म निःशुल्क सेवा

    आर्थीकसंसार संवाददाता१७ साउन, २०७८
    ६६८ पटक
    १७ साउन, २०७८

    काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङ्ग’ नामक बचत योजना सार्वजनिक गरेको छ । बैंकले सबै उमेरको लगानीकर्तालाई लक्षित गरी शुन्य मौज्दातमै विषेश सुविधायुक्त उक्त योजना सार्वजनिक गरेको हो ।
    यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याज प्रदान गर्ने छ । साथै, ५ वर्षका लागि निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपिएस मार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवासँगसँगै परामर्ष सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।
    हाल मुख्यतयाः बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्