News Portal

  • हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

    आर्थीकसंसार संवाददाता१४ साउन, २०७८
    ५०१ पटक
    १४ साउन, २०७८

    काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकीकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो ।
    हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो ।
    नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन)सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम आज गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको विज्ञप्तिमार्फत जनाएको थियो । असोजमा एकीकृत कारोबार भएपछि मात्रै बैंकको सेयर कारोबार फुकुवा हुनेछ ।

    प्रतिकृया दिनुहोस्