काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको कोरोना बीमा गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको कोरोना बीमा गर्न लागेको जनाएको छ ।
राजधानीलगायत देशैभरी कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको र त्यसले महामारीको स्वरुप लिँदै गर्दा क्यानले राष्ट्रिय टोलीमा रहेका पुरुष खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडी तथा कर्मचारीहरुको कोरोना बीमा गर्ने सम्बन्धमा छलफल भइरहेको छ । क्यानले अग्रभागमा काम गर्ने कर्मचारीको समेत क्यानले कोरोना बीमा गर्ने जनाएको छ । ‘सरकारको निषेधाज्ञाको घोषणाले बीमा गर्न ढिलाइ हुनसक्छ’, प्याकुरेलले भने । तर, सबै बीमा कम्पनीहरुले न्यूनतम कार्यालय सञ्चालन गरेकाले जुनसुकै कम्पनीमार्फत क्यानले आफ्ना खेलाडी तथा कर्मचारीहरुको कोरोना बीमा गर्न सक्नेछ ।
क्रिकेट खेलाडीको कोरोना बीमा गर्ने क्यानको निर्णय
आर्थिकसंसार संवाददाता५ भदौ, २०७७
५ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान