News Portal

  • रिलायबल लाइफका लोहनीको कार्यकाल थप्न बीमा समितिको स्वीकृति

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७८
    ६४६ पटक
    १३ साउन, २०७८

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो ।
    गत साउन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई बीमा समितिले आज (साउन १२ गते) स्वीकृत गरेसँगै उनको कार्यकाल आगामी ४ वर्षसम्मको लागि थपिएको हो ।
    चार वर्षअघिदेखि इन्स्योरेन्सको सीईओ पदमा रहेका उनको हालको कार्यकाल आगामी साउन १७ गतेदेखि सकिँदै छ । यससँगै उनले आगामी साउन १८ गतेदेखि आगामी चार वर्षसम्म इन्स्योरेन्समा रहेर सीईओको कार्यभार सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्