News Portal

  • एभरेष्ट बैंकले ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

    आर्थीकसंसार संवाददाता१२ साउन, २०७८
    ९८३ पटक
    १२ साउन, २०७८

    काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।
    सो मात्राको ऋणपत्र जारी गर्न बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
    उक्त नियुक्तिसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेको हो । बैंकको ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ ।

    प्रतिकृया दिनुहोस्