News Portal

  • नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता११ साउन, २०७८
    ४४७ पटक
    ११ साउन, २०७८

    काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेखअन्तर्गतको रकम भुक्तानी गरेको हो ।
    कम्पनीमा बीमा भएको दुर्घटना बीमालेखअन्तर्गत स्व. राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रालिका प्रतिनिधि दिनेशराज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् । यससँगै नेपाल इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको प्रष्ट पारेको बताएको छ ।
    बजारमा बीमा कम्पनीको रुपमा वि.सं. २००४ सालमा स्थापित यस कम्पनीको देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालयलगायत ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेस्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ । र, आगामी दिनमा समेत ग्राहकको आबश्यकता, सन्तुष्टिलाई आत्मसात गर्दै अगाडि बढ्ने इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्