News Portal

  • एनएमबि बैंकको अटो लोन ८.४९ प्रतिशत ब्याजदरमा

    आर्थीकसंसार संवाददाता११ साउन, २०७८
    ३२३ पटक
    ११ साउन, २०७८

    काठमाडौं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाइको छ ।
    विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास लिइएको बैंकले जनाएको छ ।
    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्