आर्थीकसंसार संवाददाता११ साउन, २०७८
११ साउन, २०७८काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको छ ।
योसँगैं बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ७९ पुगेको छ भने एटिएमको संख्या १६१ पुगेको छ ।
बैंकले एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत एटिएम सेवाअन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्डमार्फत कारोबार गर्न सकिने जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।