News Portal

  • एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आइपीओमा आवेदन दिन सकिने

    आर्थीकसंसार संवाददाता११ साउन, २०७८
    ४८७ पटक
    ११ साउन, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।
    यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नयाँ सेवाअनुसार आइपीओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।
    कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपीओ आवेदन लिँदै आएकोमा अबदेखि बैंकसम्म नपुगी मोबाइल बैंकिङ्गबाट आइपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
    यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले एपभित्र रहेको अप्लाई सेयर आइकनमा ट्याप गरेर आवेदन दिन सक्नुहुनेछ । अप्लाई सेयर आइकनमा ट्याप गरेपश्चात त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।
    त्यसपछि आपूmले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर सब्मिट गरेपश्चात आवेदन पूरा हुनेछ ।
    ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आइपीओ आवेदन दिनुपर्ने झन्झटबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको जनाएको छ । यसरी घरमै बसेर आइपीओ भर्ने सुविधा लिनका लागि बैंकका ग्राहकहरूले एनआइसी एशिया मोबैंक डाउनलोड गरी तथा यस बैंकमा डिम्याट खाता खोली वा अहिलेसम्म बैंकमा आवद्ध नभएका बैंकमा बचत खाता खोलेर एनआइसि एशिया मोबैंक डाउनलोड तथा यस बैंकमा डिम्याट खाता खोल्नु भई समयमै आइपीओ भर्ने सुविधा लिन सक्नेछन् । साथै, बैंकले आफ्नो वेबसाइटमा रहेको अप्लाई नाउ आइकनमा ट्याप गरेर समेत आइपीओ आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्