News Portal

  • सनराइज बैंकद्वारा प्रविधिमैत्री ‘नारी बचत खाता’ सुरुआत

    आर्थिकसंसार संवाददाता५ भदौ, २०७७
    ६०४ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । सनराईज बैंकले डिजिटल बैंकिङलाई लक्षित गरी ‘नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । डिजिटल माध्यममा नयाँनयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘नारी बचत खाता’ सुरुवात गरेको छ ।
    तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको कुरा बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
    उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुर्याउन भनी कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा २ हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्थासमेत गरेकोे छ ।
    विभिन्न स्वास्थ्य बीमासमेत समावेश रहेको उक्त खाता हाल कोभिड–१९ ले निम्त्याएको यस लकडाउनको अवस्थामा ग्राहकहरुले घरमै बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्