
काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको लेटाङ्ग नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औं विस्तारित सेवा केन्द्रको औपचारीक शुभारम्भ गरेको छ ।
उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रामिण भेगमा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउन बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त विस्तारित सेवा केन्द्रको शुभारम्भ प्रदेश नम्वर १ मोरङ्ग ख का प्रदेश सांसद माननीय उपेन्द्र घिमिरेले गरेका थिए ।
बैंकको अनुसार यस विस्तारित सेवाबाट उक्त स्थानमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्नलगायतका सेवाहरु प्रदान गरिने छ ।
बैंकले आफ्ना ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।