News Portal

  • एलआईसी नेपालको बीमाशुल्क इसेवाबाट तिर्न सकिने

    आर्थीकसंसार संवाददाता९ साउन, २०७८
    १०३६ पटक
    ९ साउन, २०७८

    काठमाडौं । अब लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको बीमाशुल्क इसेवा मार्फतबाट तिर्न सकिने भएको छ ।
    एलआईसी र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी शुक्रबार सम्झौता भएको हो । सम्झौतापत्रमा एलआईसी नेपालका सीईओ लक्ष्मीप्रसाद दास र इसेवाका साजन महर्जनले हस्ताक्षर गरेका छन् ।
    बीमितहरुले बीमाशुल्क तिर्दा सबैभन्दा पहिला एलआईसी नेपालको वेभसाइटमा गएर अनलाईन प्रिमियम भुक्तानीमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो पोलिसि नम्बर, जन्म मिति र इमेल ठेगाना राखेर लग इन गर्नुपर्छ । सो प्रक्रिया पूरा गरिसकेपछि बीमितिले इसेवामा क्लिक गरेर प्रिमियम रकम तिर्नसक्ने कम्पनीले जनाएको छ ।
    कम्पनीको अनुसार इसेवामार्फत आफ्नो खाता लिंक गरी सजिलै बिना झन्झट, जुनसुकै समयमा रकम तिर्न मिल्दा ग्राहकको समय बचत हुने तथा कारोबारसमेत थप सुरक्षित हुनेछ ।

    प्रतिकृया दिनुहोस्