News Portal

  • एनएमबिका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

    आर्थीकसंसार संवाददाता८ साउन, २०७८
    ५४० पटक
    ८ साउन, २०७८

    काठमाडौं । एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट समान खरीद गर्दा सो मात्रा अर्थात ३०० रुपैयाँसम्मको छुट पाउने भएका हुन् ।
    सोसम्बन्धी बैंक तथा बिगमार्टबीच सम्झौता भएको छ । यससँगै ग्राहक तथा कर्मचारीले बुधवार र शनिवार बिगमार्टबाट फलफूल तथा तरकारी समान खरीद गर्दा उक्त छुट पाउने छन् ।
    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी यसमा ईमेल गर्न सकिनेछ ।
    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्