News Portal

  • महालक्ष्मी विकास बैंकको ७१ प्रतिशतले बढ्यो नाफा

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ४९९ पटक
    ६ साउन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले एक वर्षको अवधिमा राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१.०२ प्रतिशतले बढी खुद नाफा कमाएको छ ।
    बैंकले प्रकाशित गरेको विवरणअनुसार कम्पनीले गत असार मसान्तसम्ममा ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सो अवधिमा ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि बढेर ५६ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
    खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३.९५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी ७.९८ रुपैयाँले बढेर २१.९३ रुपैयाँ कायम भएको छ । त्यस्तै, पीई रेसियो र प्रतिसेयर नेटवर्थ बढेर क्रमशः २०.२९ र १६४.७५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको चुक्ता पुँजी ८.८० प्रतिशतले बढेर ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, जगेडा कोषको रकम २६.१३ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, निक्षेप र कर्जा बढेर क्रमशः ३८ अर्ब ६० करोड रुपैयाँ र ३० अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
    समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको छ । अघिल्लो वर्ष २.८ प्रतिशत रहेको एनपीले अहिले बढेर ३.३२ प्रतिशत पुगेको छ । त्यस्तै, क्रेडिट टु डिपोजिट रेसियो बढेर ७९.६७, बेस रेट घटेर ७.२८ र स्प्रेड रेट बढेर ४.५३ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्