News Portal

  • नेशनल लाईफको कूल बीमाशुल्क १२ अर्ब माथि

    आर्थीकसंसार संवाददाता५ साउन, २०७८
    १००३ पटक
    ५ साउन, २०७८

    काठमाडौं । जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ ।
    प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो ।
    कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्बभन्दा माथि पुर्याउन सफल भएको छ ।
    बीमा समितिको सूत्रअनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।
    आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, कम्पनीको नवीकरण बीमाशुल्कसमेत उल्लेख्य रुपमा वृद्धि भएको छ ।
    कम्पनीले अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको थियो ।
    सबै वित्तीय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्