News Portal

  • युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    आर्थीकसंसार संवाददाता४ साउन, २०७८
    १०३७ पटक
    ४ साउन, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।
    इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

    प्रतिकृया दिनुहोस्