News Portal

  • नेपाल लाइफ इन्स्योरेन्समा ग्लोबल कलेजका विद्यार्थीलाई इन्टर्न गर्ने अवसर

    आर्थीकसंसार संवाददाता४ साउन, २०७८
    १४७० पटक
    ४ साउन, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पाेरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।
    ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसैगरी जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । साथै, बीमा सचेतना अभियानमा पनि ग्लोबल कलेजको साथ सहयोग रहने सम्झौतामा समेटिएको छ ।
    उक्त सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्