News Portal

  • गुराँस लाइफ इन्स्योरेन्समा सर्वसाधारणको सेयर स्वामित्व बृद्धि

    आर्थीकसंसार संवाददाता४ साउन, २०७८
    ५१३ पटक
    ४ साउन, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४।६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।
    उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व भएको छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।
    बनेपामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ९७ करोड रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य १३।५० रुपैयाँले बढेर प्रतिकित्ता ७९७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १।७२ प्रतिशतले बढी हो ।

    प्रतिकृया दिनुहोस्