News Portal

  • मेगा रेमीटबाट पठाएको रकम खल्तीबाटै लिन सकिने

    आर्थीकसंसार संवाददाता४ साउन, २०७८
    ७०४ पटक
    ४ साउन, २०७८

    काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।
    सम्झौताअनुसार, अब सर्वसाधारणले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् । यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।
    नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अझै फराकिलो बनाउँदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्