News Portal

  • एनएमबि बैंकको दराजसँगको सहकार्यमा महाबचत बजार सुरु हुने

    आर्थीकसंसार संवाददाता३ साउन, २०७८
    ७१८ पटक
    ३ साउन, २०७८

    काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार सुरु हुने घोषणा गरेको छ । साउन ३ गतेदेखि सुरु भएको यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबद्र्धन गर्नु हो ।
    अभियानअन्तर्गत सहभागीले ४ हजार रुपैयाँसम्मको छुट, एनएमबि बैंकको डेबिट र क्रेडिट कार्डमार्फत अनलाइन प्री–पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ । यस अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताले प्री–पेमेन्टमा आकर्षक छुट लिन सक्नेछन् । एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत अर्थात एक हजार ५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री–पेमेन्टमा २० प्रतिशत अर्थात २ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्