काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीको लागि द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी (साउन १ गते) भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो ।
यससँगै समाज कल्याण परिषदमा आवद्घ भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीइओ आईएनजीओ) र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन)मार्फत गर्न सकिने छ ।
कार्यक्रममा एनएमबि बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजिटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैसे गर्ने प्रयास रहेको बताए ।
समाज कल्याण परिषदअन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिसर भित्रका २ हजार सदस्यहरुलगायत ५० हजारभन्दा बढी एनजीओ र २०० भन्दा बढी आईएनजीओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ ।
बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
अब समाज कज्याण परिषदको रकम पनि अनलाईनबाटै भुक्तानी गर्न सकिने
आर्थीकसंसार संवाददाता१ साउन, २०७८
१ साउन, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर