News Portal

  • युनाइटेड इन्स्योरेन्स २८ वर्षपछि अर्ब क्लबमा प्रवेश

    आर्थीकसंसार संवाददाता३१ असार, २०७८
    ३९० पटक
    ३१ असार, २०७८

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो ।
    कम्पनीको २८ वर्षको इतिहासमा एकै आर्थिक वर्षमा १ अर्ब रुपैयाँ संकलन गरेको यो पहिलोपटक हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा नै युनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो ।
    कम्पनीले सञ्चालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्ज गरेको थियो ।
    कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधारजस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सहयोग पुगेको कम्पनीको भनाई छ । हाल कम्पनीको कुल चुक्ता पुँजी २ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
    सीईओको चमत्कार


    हाल युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपसना पौडेल कार्यरत छन् । कम्पनीको सीईओमा नियुक्त भएको साढे २ महिनामै कम्पनीले २८ वर्षमा नयाँ इतिहास रच्न सफल भएको हो । उनी गत बैशाख १९ गते कम्पनीको सीईओमा नियुक्त भएकी थिइन् ।
    नेपाली बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल पौडेलले सीईओमा नियुक्त भएकै वर्षमा यति ठूलो सफलता हात पारेकी हुन् । यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत उनीसँग बीमा क्षेत्रमा १२ वर्ष काम गरेको अनुभव छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
    कम्पनीको सञ्चालकले उनको कार्य सम्पादनप्रति सन्तुष्ट भएर सीईमा नियुक्त गरेको वर्षमै १ अर्बको बीमा शुल्क संकलन गर्ने बीमा कम्पनीका रुपमा परिचित हुनु समग्र युनाइटेड इन्स्योरेन्स कम्पनीका लागि पनि सुखद विषय हो ।
    हाल कम्पनीको अध्यक्षमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ छन् । कम्पनीको स्थापना २०५० साल मंसिर १६ गते भएको हो ।

    प्रतिकृया दिनुहोस्