News Portal

  • धितोपत्र बोर्डका कार्यकारी निर्देशक पौडेलद्वारा राजिनामा

    आर्थीकसंसार संवाददाता५ भदौ,२०७७
    ५४६ पटक
    ५ भदौ,२०७७

    काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले पदबाट राजीनामा दिएका छन् । २०५३ साल असार २३ गते धितोपत्र बोर्डमा सेवा सुरु गरेका पौडेलले २४ वर्षे सेवा अवधिपछि राजीनामा दिएका हुन् । उनको राजीनामाको कारण खुल्न सकेको छैन ।
    धितोपत्र बोर्डमा रहँदा नियमन, अनुसन्धान क्षेत्रमा ठूलो योगदान पुर्याएको पौडेलले एकाएक जागिरबाट राजीनामा दिएका हुन् । कार्यकारी निर्देशक पौडेलले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका दिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्