काठमाडौं । माछापुच्छ्रे बैंकले असार ३१ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको हो ।
जसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ, बैंकले जनाएको छ । ऋणपत्र किन्न चाहने इच्छुकले छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १७ गतेसम्म खरिद गर्न सक्नेछन् ।
सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् । उक्त ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
इच्छुकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस्तै मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंकको ऋणपत्र जारी
आर्थीकसंसार संवाददाता३१ असार, २०७८
३१ असार, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता