News Portal

  • मिदिम–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने

    आर्थीकसंसार संवाददाता३१ असार, २०७८
    ५१९ पटक
    ३१ असार, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावरको १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि कर्जा लगानी गर्ने भएको छ । बैंक र कम्पनीबीच यससम्बन्धी बिहिबार सम्झौता भएको हो ।
    उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ । सो आयोजना लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाउँपालिकामा रहेको छ ।
    माउण्ट रसुवा हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदसम्बन्धी सम्झौता मिति २०७५ साल माघ ७ गते भएको र उक्त आयोजना निर्माणको लागि ऊर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ ।
    माउण्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रकशनलगायत अन्य व्यक्तिहरुले प्रवद्र्धन गरेका छन् र सोका अध्यक्ष राजेन्द्रराज आचार्य हुन् । बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्व। लगानी रहनेछ ।
    उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावरले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा सञ्चालनमा आउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्