News Portal

  • ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता३१ असार, २०७८
    ३७७ पटक
    ३१ असार, २०७८

    काठमाडौं । ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीचसम्झौता भएको छ । एजेन्ट्सको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
    सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाटका अध्यक्ष अच्युत गुरागाईंले हस्ताक्षर गरेका हुन् ।
    सम्झौताअनुसार बैंक ट्राभल एजेन्ट्समा आबद्ध व्यवसायीहरु तथा त्यस संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले टूर एण्ड ट्राभल एजेन्ट्सअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।
    व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्ससँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्