News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय बनाउन सहयोग

    आर्थीकसंसार संवाददाता३० असार, २०७८
    ३७५ पटक
    ३० असार, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले विद्यालयमा महिला मैत्री शौचालय बनाउन सहयोग गरेको छ । बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उल्लेखित कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजनजंग राणाको सञ्चालनमा सम्पन्न भएको थियो ।
    बैंकले हालको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्ट आईपीएस, क्युआर कोडलगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्