News Portal

  • युनियन लाईफको आईपीओ पौने २२ लाखले भरे

    आर्थीकसंसार संवाददाता२८ असार, २०७८
    १०४६ पटक
    २८ असार, २०७८

    काठमाडौं । पछिल्लो समय आईपीओ भर्नेको संख्या एकपछि अर्काे बढ्दै गएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएकोले उक्त तथ्यांकमा नयाँ नयाँ रेकर्ड कायम भएको हो ।
    हालै जारी भई निष्काशन बन्द भएको युनियन लाइफको आईपीओमा पनि नयाँ रेकर्ड बनेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कूल २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकले आवेदन दिएका छन् । उक्त संख्या यसअघि २० लाखको हाराहारीमा रहेको थियो । यससँगै कम्पनीले माग गरेको सेयरमा अन्तिम दिन (आज असार २९ गते) सम्ममा ५.९१ गुणा आवेदन परेको छ । उक्त सेयरमा पौने २२ लाख जनाले ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता सेयरको लागि आवेदन दिएका छन् । आस्बा अन्तर्गतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा रहेकोले उक्त तथ्याङ्क अन्तिम नभएको क्यापिटलले जानकारी गराएको छ ।
    कम्पनीले गत असार २४ गतेबाट ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

    प्रतिकृया दिनुहोस्