News Portal

  • कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२८ असार, २०७८
    ५७१ पटक
    २८ असार, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रु.१,०००÷– अंकित दरका १०,००,००० कित्ताले हुन आउने रु.१००,००,००,०००/–(अक्षेरुपी एक अर्ब) रकम बराबरको “९ %KSBBL Debenture 2088″ ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
    बिक्री प्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
    कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघसंस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न हुनुहुन्छ । ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवा सुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंकका हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएममार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ । साथै Social Media Banking, Internet Banking, Mobile Banking, Viber Banking जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्